सुनको भाउ १ हजार रुपैयाँ बढ्यो, चाँदीको स्थिर

विराटचोकः आज सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६४ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ बढ्दा चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top