सुनको भाउ १५०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो १० रुपैयाँ

विराटचोकः सुनको भाउ लगातार पाँचौँ दिन पनि बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ बढेको हो । चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९४० रुपैयाँ निर्धारण भएको छ ।

हिजो सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको थियो भने चाँदीको भाउ स्थिर रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top