कुमारी बैंकद्वारा बेलबारीमा उद्यमीलाई प्रशिक्षण

बेलबारीः कुमारी बैंकले युएसएडसँगको साझेदारीमा “देशै भरि वर्षैभरि” उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

यसै क्रममा बैंकले मोरङको बेलबारी नगरपालिकको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा विकास हुने विश्वास लिएको जनाएको छ ।

सो अभियानमा सर्वसाधारणहरुको विषयगत संवेदनशीलतालाई सहजै बुझ्न सकिने गरी वित्तीय उद्यमी प्रशिक्षण, वित्तीय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमूलक भिडियोहरु, सचेतनामूलक सन्देशहरु विकास गरि बैंकले नियमित रुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको जनाएको छ ।

बैंकले उद्यमी प्रशिक्षणबाट विभिन्न पालिकामा रहेका उद्यमी सोचहरुको प्रवर्द्धन तथा विकासमा टेवा पुग्नुका साथै आर्थिक रुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top