यसरी बने सुन्दरहरैंचामा एकै प्रकारका सार्वजनिक शौचालय (विश्व शौचालय दिवस विशेष)
विराटचोकः पीएलओ ग्रुप प्रालिका निर्देशक भोलेश्वर दुलालले एक दशक अघि पारिवारिक भ्रमणको सिलसिलामा युरोप जाँदा त्यहाँ देखेका सार्वजनिक शौचालयजस्तै शौचालय नेपालमा पनि बनाउने सपना देख्नुभयो । उहाँका अनुसार एउटा शौचालयमै धेरै सुविधा देखेपछि आफ्नो देशमा र आफ्नो नगरमा नै यस्ता शौचालय बनाउने भनेर सङ्कल्प गर्नुभयो । युरोपबाट फर्किनासाथ गृहनगर सुन्दरहरैँचामा एउटामात्रै होइन ८ वटा शौचालय…