लेखापढी व्यवसायी एसोसिएसन बेलबारीको साधारणसभा सम्पन्न

बेलबारीः नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति बेलबारीको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले प्रमुख अतिथिको आसनबाट साधारणसभालाई सम्बोधन गर्दै लेखापढी व्यवसायीलाई राज्यले बिचौलिया देख्नु दुःखद भएको बताउनुभयो । अदालतले लाइसेन्स दिएपछि काम गर्ने जनशक्तिलाई यस्तो भन्नु गलत भएको उहाँको भनाइ थियो । विशिष्ट अतिथि केन्द्रीय…

Read More

राष्ट्रिय कर दिवसः उत्कृष्ट करदाता सम्मानित

काठमाडौंः सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९\८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा शनिबार सम्मान गरेको हो । गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी…

Read More

क्रसर व्यवसायी महासंघको उपाध्यक्ष र महासचिवमा मोरङका व्यवसायी क्रमशः रोहित कार्की र देवराज तामाङ, अध्यक्षमा पुनः सीताराम न्यौपाने

विराटचोकः नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको उपाध्यक्ष र महासचिवमा मोरङका व्यवसायी सर्वसम्मत चुनिनुभएको छ । उपाध्यक्षमा केराबारीका रोहित कार्की र महासचिवमा सुन्दरहरैंचाका देवराज तामाङ निर्विरोध चयन हुनुभएको हो । अध्यक्ष पदमा पुनः सीताराम न्यौपाने चयन हुनुभएको छ । शनिबार महोत्तरीको बर्दिवासमा आयोजित तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको…

Read More

कर दिवसमा तीन कार्यालय र १० कर्मचारी पुरस्कृत

काठमाडौंः आन्तरिक राजस्व विभागले उत्कृष्ट काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई पुरस्कृत गर्दै सम्मान गरेको छ । जसअनुसार उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जा पुरस्कृत भएका छन् । त्यसैगरी, १० कर्मचारीहरूले सम्मान पाएका छन् । यी हुन् सम्मान पाउने कर्मचारीहरूः १. जीवनाथ ज्ञवाली, कर…

Read More

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौंः प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा हिजो दिउँसो दुई बजे निधन भएको छ । उहाँ कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । वि.सं २०४८ सालको आम निर्वाचनमा काठमाडौं उपत्यकामा चुनाव जित्ने उहाँ नेपाली कांग्रेसका एक्लो उम्मेदवार हुनुहुन्थ्यो । काठमाडौं क्षेत्र नं २ बाट निर्वाचन जितेपछि ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुभएको…

Read More

दौँतरीबलिया साकोसको पाँचौँ साधारणसभा सम्पन्न

बलियाः मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष वस्तीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको…

Read More

एक जना स्वतन्त्रसहित १६ जनाले दिए ग्रामथानमा उम्मेद्वारी, उम्मेद्वार सबै पुरुषमात्रै

तेतरियाः मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १६ जनाको उम्मेद्वारी परेको छ । जसमा एक जनाको स्वतन्त्र उम्मेद्वारी परेको हो भने बाँकी दलीय उम्मेद्वार हुन् । निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबैभन्दा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दारले मनोनयन दर्ता गराएका थिए । दोस्रो उम्मेद्वारी नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी…

Read More

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

दमकः हात्तीले आक्रमणमा परी दमकका ४५ वर्षीय मीन भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करीब २ बजे दमक–३ दीपज्योति टोलमा जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । स्थानीय सुविन भट्टराईको भान्साघर भत्काउन लागेको देखेपछि हात्तीलाई धपाउने क्रममा उनलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

Read More

आजदेखि निर्वाचन आचारसंहिता लागू

विराटचोकः निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगको शनिबार बसेको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेशमन्त्री,…

Read More

प्रथम केराबारी बुद्धिचाल प्रतियोगिता सम्पन्न

केराबारीः मोरङको केराबारी गाउँपालिकाद्वारा आयोजित प्रथम केराबारी बुद्धिचाल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । गाउँपाललिकाका अध्यक्ष सुमन मिरिङचिङको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष मनमाया मगरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता केराबारी खेलकुद विकास समितिका अध्यक्ष शरण मगरले गर्नुभएको थियो । प्रतियोगितामा खुलातर्फ रबिन सुवेदी, अनिलकुमार बस्नेत र कविन्द्र लिम्बू क्रमशः पहिलो, दोस्रो र तेस्रो हुनुभएको थियो…

Read More
Back To Top