आज हरिबोधिनी एकादशी

विराटचोकः औषधीय गुणयुक्त तुलसीको पूजा आराधना गरी आज हिन्दू धर्मावलम्बीहरू हरिबोधिनी एकादशी पर्व मनाउँदैछन् । आज तुलसीसँग भगवान् दामोदर (विष्णु) को विवाह र विशेष पूजा गरी मनाउने वैदिक परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु आज ब्युँझने भएकाले यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । सनातन धर्मभित्र…

Read More

एमालेको शिक्षा विभागद्वारा शैक्षिक गोष्ठी आयोजना

विराटचोकः नेकपा एमाले शिक्षा तथा मानव स्रोत विभाग, मोरङद्वारा विराटनगरमा ‘समृद्ध नेपाल, सुखी नेपालीको मुख्य आधार; सामुदायिक विद्यालय तथा क्याम्पसको सुधार’ नाराका साथ शैक्षिक गोष्ठी सम्पन्न भएको छ । सामुदायिक विद्यालय र क्याम्पसको थप उन्नयनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा कार्यपत्र–प्रस्तोता नेकपा एमालेका उपाध्यक्ष गुरु बराल रहनुभएको थियो । कार्यक्रममा केन्द्रीय सल्लाहकार विनोद ढकाल,…

Read More

उत्तरार्द्धमा तीव्र गतिमा घटेको बजार अन्तिम समयमा फेरि भयो हरियो

विराटचोकः आज पनि शेयर बजार खुलेदेखि नै हरियो भएको थियो । २ बजेदेखि बजार निरन्तर घट्दै २ बजेर ४० मिनेट जाँदा केही समय रातो भएको भए पनि अन्तिम समयमा २२ अङ्कको वृद्धि भएको थियो । आज नेप्से परिसूचक ० दशमलव ८० प्रतिशत अर्थात २२ दशमलव १४ अंकले बढेर २ हजार ७६० दशमलव २१ विन्दुमा पुग्दा…

Read More

सुनको भाउ १ हजार रुपैयाँ घट्यो, चाँदीको ५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा १ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६५ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५५ रुपैयाँ निर्धारण भएको…

Read More

क्रसर व्यवसायी महासंघको महाधिवेशन बर्दिबासमा कात्तिक ३० गते

बर्दिबासः क्रसर, बालुवा र खानी उद्योग व्यवसायीहरूको छाता सङ्गठन, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले व्यवसायीहरूको १० औं तथा ११ औं वार्षिक साधारण सभा र तेस्रो महाधिवेशन कात्तिक ३० गते, महोत्तरीको बर्दिवासमा आयोजना गर्ने भएको छ । महाधिवेशनको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने महासंघले जनाएको छ । महाधिवेशनमा राज्य व्यवस्था समितिका…

Read More

उपनिर्वाचनमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेद्वार उठाउनुपर्ने

विराटचोकः मंसिर १६ गते हुने उपनिर्वाचनमा निर्वाचन आयोगले प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुने गरी मनोनयन दर्ता गराउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ । बिहीबार आयोगले आज विज्ञप्ति निकालेर रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेद्वार रहने…

Read More

गजल महफिलमा यसरी गुञ्जिए नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठ

खेमचन्द्र अधिकारी विराटचोकः नेपाल गजल प्रतिष्ठानका अध्यक्ष लालकाजी श्रेष्ठले शनिबार मोरङको सुन्दरहरैंचाको विराटचोकमा उपस्थित गजल पारखीलाई आफ्नो स्वरमा गाइएका गजलद्वारा मन्त्रमुग्ध बनाउनुभयो । सुमधुर स्वरमा उहाँले गजल गायन गर्दा सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा उपस्थित करीब २ सय दर्शकले पनि श्रेष्ठको स्वरमा स्वर मिलाएर गाएर साथ दिएका थिए । सङ्गीतकर्मी चण्डी राई, टेकराज मगर, आइतराज…

Read More

सवा २ प्रतिशतभन्दा बढी बढेको नेप्सेमा पौने १० अर्बको कारोबार

विराटचोकः बजार खुलेदेखि नै उकालो लागेको शेयर बजार निरन्तर उकालो लाग्दै २ दशमलव ३३ प्रतिशतले बढेको छ । ६२ दशमलव ५४ अङ्क बढेर २७३८ दशमलव ०६ बिन्दुमा पुगेको नेप्सेमा आज ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३ रुपैयाँको शेयर किनबेच भएको छ । नेप्सेमा सूचीकृतमध्ये ३२५ वटा कम्पनीको २ करोड २४ लाख ७४…

Read More

गोठगाउँका कमल माझी उपचारपछि घर फिर्ता

गोठगाउँः आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा र उपचारको क्रममा अस्पतालमा उपचार खर्च तिर्न समस्या परेका सुन्दरहरैंचा ७ का कमल माझी उपचारपछि आज घर फर्किनुभएको छ । उहाँको उपचारमा समस्या भएपछि नेपाली कांग्रेसले युवा नेता अर्जुन गजुरेलको संयोजकत्वमा कमल माझी बचाउ अभियान सञ्चलन गरेको थियो । सो अभियानअन्तर्गत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई सहयोगको अपिल…

Read More

सहकारी बैंकले दियो सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकलाई क्षमता अभिवृद्धि तालिम

विराटचोकः राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला २ अन्तर्गत सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी २ दिने तालिम दिएको छ । भोलि समापन हुने तालिममा ३३ जना सहभागी छन् । मोरङका सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ र बेलबारीका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूलाई तालिम दिइएको हो । सहकारीको अवधारणा,…

Read More
Back To Top