admin

साफ वुमन्स च्याम्पियन्समा नेपाल उपविजेता, बंगलादेशले जित्यो उपाधि

विराटचोकः बुधबार राति घरेलु मैदान दशरथ रंगशालामा भएको साफ वुमन्स च्याम्पियनसिपको उपाधि हात पार्ने दाउमा रहेको नेपालको चाहना अधुरै रहेको छ । फाइनल खेलमा घरेलु टोली नेपाललाई २–१ ले हराउँदै बंगलादेशले लगातार दोस्रो पटक उपाधि जितेको हो । फाइनल खेलमा बंगलादेशका लागि ५२ औं मिनेटमा मोनिका चक्मा र ८१ औं मिनेटमा ऋतु पोर्ना चक्माले गोल…

Read More

नेपालले गोल फर्काएपछि रोमाञ्चक हुँदै खेल

विराटचोकः साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । बंगलादेशले गोल गरेको चौथो मिनेटमा नै नेपालले गोलको जवाफ गोल नै गरेर दिएको हो । नेपालकी अमिशा कार्कीले गोल गरेकी हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा बंगलादेशले ५२ औं मिनेटमा अग्रता लिएको थियो । साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

Read More

साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशको अग्रता

  विराटचोकः पहिलो हाफ गोलरहित बराबरीमा सकिएको साफ वुमन्स च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । खेलको ५२ औं मिनेटमा बंगलादेशकी मोनिका चक्माले गोल गरेपछि बंगलादेशले अग्रता लिएको हो ।

Read More

दुई दिन बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट

विराटचोकः लगातार दुई दिनमा गरी ७५ अङ्कले बढेको शेयर बजार सूचक नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ५३ प्रतिशत अर्थात १४ दशमलव ४३ अंकले घटेर २ हजार ६७७ दशमलव ६२ अङ्कमा बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड २० लाख ६९ हजार…

Read More

सुनको भाउ हालसम्मकै उच्च मूल्यमा, तोलाको पुग्यो १ लाख ७० हजार ७०० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेर तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ । योसँगै हिजो धनतेरसको दिन कायम भएको सुनको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । यद्यपि यसअघि कायम चाँदीको हालसम्मको उच्च भाउ २१३५ को रेकर्ड भने तोडिएको…

Read More

आज काग तिहार

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज काग तिहारको दिन हो । आज यमदूतको रुपमा कागलाई मिष्ठान्न खान दिई पूजा गर्ने गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मत छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले…

Read More

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा

विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको छ । भाइटीका लगाउँदा पश्चिम मोहडा गरेर लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ…

Read More

धनतेरसको दिन सुनको भाउ हालसम्मकै उच्च मूल्यमा

विराटचोकः आज धनतेरसको दिन । यस दिनमा सुन तथा चाँदीका साथै अन्य धातुका गरगहना किन्ने गरिन्छ । आज धनतेरसको दिन सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति…

Read More

राष्ट्र बैंकले आज धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले यस पटक धनतेरसको दिनमात्रै सुनका असर्फी बेच्ने भएको छ । धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान किन्ने चलन नेपाल र भारतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिन पनि तोकेको छ । नेपाल…

Read More

घट्यो सुन र चाँदी दुवैको भाउ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६७ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ६५ रुपैयाँ निर्धारण भएको छ…

Read More
Back To Top