admin

यी हुन् सरकारले गरेका १२ निर्णयहरू

विराटचोकः बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गर्नुभएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णयहरूः  

Read More

कोशी प्रदेशका ४ सहित १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौंः गृह मन्त्रालयले कोशी प्रदेशका ४ सहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी, सहसचिव तथा उपसचिव स्तरका २७ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । कोशी प्रदेशका ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । विभिन्न जिल्ला…

Read More

दाना चक्रवातको प्रभावले कोशी प्रदेशमा सामान्य वर्षा हुने

काठमाडौंः बंगालको खाडीमा विकसित भएको ‘दाना’ नाम दिइएको चक्रवातको प्रत्यक्ष असर नेपालमा नपरे पनि आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने मौसमविद्ले जनाएका छन् । सो शक्तिशाली चक्रवात बिहीबार राति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट…

Read More

विमान दुर्घटनामा परेर बाँचेका पदमकुमार श्रेष्ठको ‘अर्काे जन्म’ कृति विमोचित

चैनपुरः ४० वर्षअघि २०४१ साल पुस ८ गते शनिबार संखुवासभाको तुम्लिङटारबाट काठमाडौ उडेको शाही नेपाल वायुसेवा निगमको ट्वीनेटर जहाज भोजपुर जिल्लाको चप्लेटी भन्ने डाँडामा ठोक्किएर दुर्घटना भएको थियो । सो दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए भने सात जना बाँच्न सफल भएका थिए । सो दुर्घटनामा परेर बाँचेकामध्ये चैनपुरका पदमकुमार श्रेष्ठले ‘अर्को जन्म’ नामक कृति…

Read More

विद्युत प्राधिकरणले काट्यो उद्योगको लाइन

काठमाडौंंः डेडिकेटेड र ट्रंक लाइन विवादमा नेपाल विद्युत प्राधिकरणले फेरि पनि उद्योगहरुको लाइन काट्न थालेको छ । बिहीबार साँझ ८ बजेदेखि प्राधिकरणले उद्योगको लाइन काट्न थालेको हो । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, बाबा जुट मिललगायतको लाइन काटिएको बताइएको छ…

Read More

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौंः विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एशियाली विकास बैंकका उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । सो भेटघाटमा एशियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुन सक्ने सहकार्यबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ । हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३०…

Read More

नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले ऋण दिने

विराटचोकः विश्व बैंकले नेपालको विपद् व्यवस्थापन गर्नका लागि नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम…

Read More

सुनको भाउ ७०० रुपैयाँ घट्यो, चाँदीको ४० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको हो । हिजो सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार रुपैयाँ निर्धारण भएको…

Read More

बंगालको खाडीमा शक्तिशाली चक्रवात आउने भएपछि भारतमा अपनाइयो उच्च सतर्कता

विराटचोकः बंगालको खाडीमा शक्तिशाली चक्रवाती तुफान विकसित भएको छ । ‘दाना’ नाम दिइएको यो तुफान १२० किलोमिटर प्रतिघण्टाको वेगमा अघि बढेको छ । भारतको मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन अनुरोध गरेपछि पश्चिम बंगाल र उडिसा सरकारले सम्भावित जोखिम क्षेत्रका ३ लाख जनालाई सुरक्षित स्थानमा सारिएको जनाएको छ । एक सयभन्दा बढी रेलको सेवा स्थगित…

Read More

डलरको भाउले आज फेरि बनायो उच्च मूल्यको नयाँ रेकर्ड

विराटचोकः अमेरिकी डलरको भाउ निरन्तर बढ्दै जाँदा आज फेरि नयाँ रेकर्ड कायम भएको छ । डलरको भाउ १ पैसाले बढेर नयाँ रेकर्ड कायम भएको हो । हिजो पनि डलरको भाउ २ दिनअघिको भन्दा १ पैसा बढेर रेकर्ड कायम भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर १३४ रुपैयाँ २४ पैसा…

Read More
Back To Top