admin

विराटचोकमा भयो गणेशबाबु अधिकारीको उपन्यास ‘रेजा’माथि विमर्श

खेमचन्द्र अधिकारी विराटचोकः साहित्यकार गणेशबाबु अधिकारीद्वारा लिखित उपन्यास ‘रेजा’माथि विमर्श कार्यक्रम मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा शनिबार  सम्पन्न भएको छ । राइडर्स महफिल सुन्दरहरैंचाले आयोजना गरेको कार्यक्रमको सहजीकरण साहित्यकार तथा सञ्चारकर्मी विवेक विवश रेग्मीले गर्नुभएको थियो । पुस्तकमाथि चर्चा गर्दै महेन्द्र बहुमुखी क्याम्पस धरानकी प्राध्यापक डा. अस्मिता बिष्टले कृतिको महत्वपूर्ण पक्ष नै कृतिको विषयवस्तु रहेको बताउनुभयो ।…

Read More

कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी निवासबाटै पक्राउ, काठमाडौं पठाइँदै

विराटनगरः मानव बेचबिखन आरोपमा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारी आज विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ परेका छन् । उनलाई काठमाडौं पठाइएको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको हो । उनको कामको आलोचना भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । शनिबार एमालेको कोशी प्रदेश…

Read More

सुनको भाउ ५०० रुपैयाँ घट्यो, चाँदीको २० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ५ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९६० रुपैयाँ रहेको छ ।…

Read More

आज किरात महागुरु फाल्गुनन्द जयन्ती, कोशी प्रदेशमा सार्वजनिक बिदा

विराटचोकः किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । वि.सं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फाल्गुनन्दले नीति निर्माण समेत गर्नुभएको थियो । जसलाई सत्य धर्म…

Read More

कोशी प्रदेशमा तीन खण्डमा स्तरोन्नति हुँदै एसियन राजमार्ग

विराटचोकः पूर्व–पश्चिम राजमार्गलाई लेन थप गरी एसियन राजमार्गको रुपमा विकास गर्ने क्रममा कोशी प्रदेशमा तीन खण्डमा सडकको स्तरोन्नति भइरहेको छ । काँकरभिट्टादेखि लौकहीसम्म एक सय २० किलोमिटर सडकमध्ये ९५ दशमलव ७६ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । सो सडकखण्ड अन्तर्गत शहरी क्षेत्रमा चार लेनको सडकमा तीन मिटर चौडा डिभाइडर दुवैतर्फ सर्भिस लेनगरी ५० मिटर चौडाइ…

Read More

ग्रामथानमा नेकपा माओवादी र नागरिक उन्मुक्ति पार्टीले टुङ्गो लगाए उम्मेद्वार

विराटचोकः आगामी मंसिर १६ गते मोरङको ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले उम्मेद्वार नै घोषणा गरेर मत माग्न शुरु गरेका छन् । नेकपा माओवादी केन्द्रले अध्यक्ष पदको उम्मेद्वारका लागि नमोनारायण माझीलाई अघि सारेको छ भने नागरिक उन्मुक्ति पार्टीले बुद्धिचन विश्वासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  

Read More

एकै दिन ३८० सो ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो धेरै सो पाउने नेपाली चलचित्र

विराटचोकः हाल देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एकै दिन ३८० सो पाएको हो । यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो । कात्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको…

Read More

आज पनि डलरको भाउ नयाँ उचाइमा

विराटचोकः अमेरिकी डलरको भाउले आज पनि नयाँ उचाइ कायम गरेको छ । हिजोको भन्दा आज १ पैसा बढेर डलरको भाउ नयाँ उचाइमा पुगेको हो । ४ दिनदेखि लगातार डलरको भाउ बढिरहेको छ । हिजो १४ पैसा बढेको डलरको भाउ अस्ति २८ पैसा बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीद दर…

Read More

ग्रामथानको अध्यक्षका लागि कांग्रेस गाउँ कमिटीले गर्याे १३ जनाको नाम सिफारिश

विराटचोकः मंसिर १६ गते हुने उपनिर्वाचन अन्तर्गत ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि नेपाली कांग्रेसले १३ जनाको नाम सिफारिश गरेको छ । पालिका समितिको बैठकले पालिका सभापति, किरण (तुलसी) विश्वास, उसपभापति फूलकुमारी चौधरी र राजेश माझी, पालिका सदस्य हजारीप्रसाद चौधरी, पूर्व महासमिति सदस्य बलराम सरदार, महाधिवेशन प्रतिनिधि चन्दन माझी र उषादेवी चौधरी, महासमिति सदस्य सत्यनारायण भगत,…

Read More

कोशीसहित चार प्रदेशमा आज वर्षाको सम्भावना

विराटचोकः देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण आज कोशी, गण्डकी, कर्णाली र सुदूर पश्चिमका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाशाखाका अनुसार शनिबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।…

Read More
Back To Top