राष्ट्र बैंकले आज धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले यस पटक धनतेरसको दिनमात्रै सुनका असर्फी बेच्ने भएको छ । धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान किन्ने चलन नेपाल र भारतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिन पनि तोकेको छ । नेपाल…

Read More

अर्थमन्त्री पौडेल र एडीबीका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौंः विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका पुग्नुभएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र एशियाली विकास बैंकका उपाध्यक्ष यिगमिन यागसँग भेटवार्ता भएको छ । सो भेटघाटमा एशियाली विकास बैंकको वर्तमान पूँजी तथा भविष्यमा नेपालसँग हुन सक्ने सहकार्यबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ । हालैको बाढीपहिरोबाट प्रभावित नेपाललाई बैंकले ३०…

Read More

नेपालको विपद् व्यवस्थापनमा विश्व बैंकले ऋण दिने

विराटचोकः विश्व बैंकले नेपालको विपद् व्यवस्थापन गर्नका लागि नेपाल सरकारलाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा अर्थ सचिव डा. रामप्रसाद घिमिरे र बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बजेटरी सहायताको रुपमा उपयोग हुने उक्त रकम…

Read More

सामाजिक क्रियाकलापमा सक्रिय सुन्दरहरैंचा उद्योग वाणिज्य संघ

खेमचन्द्र अधिकारी विराटचोकः उद्योग वाणिज्य संघ भन्नासाथ उद्योगी तथा व्यवसायीको हितमा काम गर्ने संस्था भन्ने बुझिन्छ । तर सुन्दरहरैंचा उद्योग वाणिज्य संघ भने उद्योगी र व्यापारीको हितका साथै सामाजिक हितको क्षेत्रमा पनि सक्रिय रहेको छ । संघका अघिल्ला नेतृत्वले पनि यस्ता कार्यक्रम गर्ने गरेका भए पनि त्यस्ता कार्यक्रम न्यून सङ्ख्यामा मात्रै हुने गरेको र सहभागी…

Read More

यसरी लिन सकिन्छ शेयर कर चुक्ता प्रमाणपत्र

विराटचोकः आफूसँग भएको शेयर धितो राखेर बैंकबाट कर्जा लिएर शेयर बजारमा थप लगानी गर्न कर चुक्ता प्रमाणत्र आवश्यक पर्दछ । शेयर बजारका लगानीकर्ताले शेयर बजारमार्फत तिर्ने कर दुई प्रकारका छन् । साधारणतया दोस्रो बजारमा शेयर खरिद बिक्री गरेवापत तिर्ने कर र कम्पनीले लगानीकर्तालाई वितरण गरेको लाभांश वापतको कर । यी दुवै कर तिरेको प्रमाणस्वरुप दिइने…

Read More

अर्थ मन्त्रालयद्वारा ३ महिनाको कार्यप्रगति सार्वजनिक

काठमाडौंः अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ । यस्ता छन् मन्त्रालयले तीन महिनामा गरेका महत्वपूर्ण कार्यहरूः –बजेट कार्यान्वयन गर्न ७३ बुँदे मार्गदर्शन जारी गरी बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाईएको छ । –यस वर्षको बजेट कार्यान्वयनलाई थप प्रभावकारी बनाउन बजेट कार्यान्वयन कार्ययोजना तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको छ ।…

Read More

आजदेखि हतुवागढी महोत्सव

भोजपुरः आजदेखि भोजपुरको हतुवागढीमा स्थानीय जातजातिको संस्कार र संस्कृतिको प्रचारप्रसारका साथै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बृहत् हतुवागढी महोत्सव हुने भएको छ । महोत्सव १७ गते समापन हुनेछ । हतुवागढी गाउँपालिका तथा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा हुने महोत्सवका लागि गाउँपालिकाले ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महोत्सवका क्रममा एक सय ५३ मिटर उचाइमा…

Read More

यी हुन् सन् २०२४ को नोबेल पुरस्कार पाउनेहरु

गोठगाउँः नोबेल पुरस्कार विश्वको सबैभन्दा ठूलो पुरस्कार हो । यो पुरस्कार विभिन्न ६ शीर्षकमा प्रदान गरिन्छ । चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, अर्थशास्त्र, साहित्य र शान्तिको क्षेत्रमा काम गर्ने व्यक्तिलाई यो पुरस्कार प्रदान गरिन्छ । प्रत्येक विधामा पुरस्कृत हुने व्यक्ति वा संस्थाले मौलिक कला भएको एउटा नोबेल डिप्लोमा, एउटा नोबेल पदक र नगद पुरस्कारमा १ करोड १०…

Read More

सानिमा बैंकले ब्याजदर बढाउँदा कात्तिकमा १० बैंकले घटाए, ९ को स्थिर

विराटचोकः कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंकले ब्याजदर बढाएको छ भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब कात्तिक महिनाका लागि ६ दशमलव १८ प्रतिशत कायम भएको छ । असोजमा औसत ब्याजदर ६ दशमलव ३८ प्रतिशत कायम भएको थियो ।…

Read More

बढ्यो पेट्रोल र डिजेलको मूल्य, यास र हवाइ इन्धनको मूल्य यथावत

विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको हो । खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको छ…

Read More
Back To Top