सुन्दरवाटिका एकेडेमीका विद्यार्थीले यसरी विद्यालयमा सिके लक्ष्मीपूजा, भाइटीका र छठको महत्व

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सुन्दरवाटिका एकेडेमीले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई नेपालीको संस्कार र संस्कृति सिकाउने कार्यक्रमअन्तर्गत बुधबार तिहार र छठ पर्वसम्बन्धी जानकारी दिन विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य आकर्षणमा लक्ष्मीपूजा गर्ने तरिका, भाइटीका लगाउने तरिका र छठ पर्व मनाउने तरिका रहेको थियो । कक्षा नर्सरीका विद्यार्थीलाई लक्ष्मीपूजा गर्न सिकाइएको थियो । त्यस्तै…

Read More

आज छैन तिहारको कुनै विशेष दिन

विराटचोकः आज तिहारका कुनै विशेष दिन छैनन् । काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा सम्पन्न भइसकेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको हो । कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको छ । औंसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई…

Read More

आज कुकुर तिहार र लक्ष्मीपूजा

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मन पर्ने…

Read More

आज काग तिहार

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज काग तिहारको दिन हो । आज यमदूतको रुपमा कागलाई मिष्ठान्न खान दिई पूजा गर्ने गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मत छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले…

Read More

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा

विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको छ । भाइटीका लगाउँदा पश्चिम मोहडा गरेर लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ…

Read More

राष्ट्र बैंकले आज धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले यस पटक धनतेरसको दिनमात्रै सुनका असर्फी बेच्ने भएको छ । धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान किन्ने चलन नेपाल र भारतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिन पनि तोकेको छ । नेपाल…

Read More

सामाजिक मिलन केन्द्रद्वारा दशैंमा आयोजित दुर्गापूजामा भएको आयव्यय सार्वजनिक

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्रले दशैंमा आयोजना गरेको नवदुर्गा पूजाको अवसरमा भएको आम्दानी र खर्च सार्वजनिक गरेको छ । शुक्रबार सामाजिक मिलन केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार लुबराज आचार्यले आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । आचार्यका अनुसार सो नवदुर्गा पूजामा २० लाख ९२ हजार १८५ रुपैयाँ आम्दानी भएको छ । जसमध्ये…

Read More

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन हुँदै

विराटचोकः आज कोजाग्रत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाअन्तर्गत आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । आज साँझ महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी…

Read More

भोलिदेखि ३ दिन मनकामना केबलकार बन्द हुने

भरतपुरः मर्मत सम्भारका लागि भोलि असोज २९ गतेदेखि आगामी कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ । ती तीन दिनमा मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम हुने मनकामना दर्शन प्रालिले जनाएको छ । असोज २६ र २७ गते पनि केवलकार बन्द गरिएको थियो ।

Read More

दशैं

शंकर सुवेदी, ‘उत्स’ चुड्का र ख्यालीका भाकाहरु मंगल धुन बजाएर रोदीघरमा गञ्जन्छन् मारुनीका जुहारी हिमाल अलिकति घुम्टो उघारेर आकाशको छहारीमुनि चियाउँछन् जुनेलीमा दशैंघरका जमराहरु । मालश्रीको राग करेसाका गोदावरीहरुमा बिसाउँछन् भमराहरु…, च्याबु्रङ उरालेर उराहा लाउँदै आरतीका तान, दशैंघरका ताँतीहरुमा आराध्य देवीहरु नियालेर म दशैं भाक्दैछु पटाङ्गिनी झैँ खाली निधार । थापिएका आशीर्वादका पर्राहरु अझै थाँती…

Read More
Back To Top