आज दशैंको मुख्य दिन विजयादशमी, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

विराटचोकः नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । टीका लगाउन साइत कुर्नु नपर्ने भए पनि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।…

Read More

महाअष्टमी र महानवमी आज एकै दिन भएकाले महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिँदै

विराटचोकः तिथिको घटबढका कारण आज महाअष्टमी र महानवमी पर्व एकै दिन परेको छ । षष्ठी तिथि दुई दिन परेपछि असोज २२ र २३ गते कात्यायानीको पूजा आराधना गरिएको थियो । आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको र नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात्…

Read More

आज फूलपाती, दशैंघर र पूजाकोठामा फूलपाती भित्र्याइँदै, आज कालरात्रीको पूजा अर्चना हुने

गोठगाउँः नवरात्रको सातौँ दिन आज घरघरमा रहेका पूजाकोठामा तथा दशैंघरमा फूलपाती भित्र्याइन्छ । आज कालरात्री देवीको पूजा अर्चना गरिन्छ । फूलपातीको रुपमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र फलफुलका पालुवालाई शुभ साईतका रुपमा फूलपाती मानेर भित्र्याइन्छ । काठमाडौको वसन्तपुरमा भने गोरखा…

Read More

नवरात्रको छैटौँ दिन आज कात्यायानी देवीको पूजा गरिँदै

गोठगाउँः नेपालीहरुको महान चाड छैटौँ दिन आज दुर्गा भवानीका ९ रुपमध्ये छैटौं रुपमा कात्यायानी माताको पूजाआजा गरिँदैछ । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । घटस्थापनापछि हरेक दिन नवदुर्गाका…

Read More

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

गोठगाउँः आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिँदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ । यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो…

Read More

आज कुष्माण्डा देवीको पूजा गरिँदै

गोठगाउँः नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । दशैंको पहिलो…

Read More

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिँदै

गोठगाउँः नवरात्रको तेस्रो दिन आज दशैँ घर वा पूजा कोठामा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको संस्कृतिविद्को भनाइ छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।…

Read More

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

गोठगाउँः दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरूमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको…

Read More

दशैं

✍️ श्रीशम अधिकारी हार्दिकताका साथ व्यक्त गर्दछु नेपाली सबै जनमा, हर्सोल्लाससहित बडा दशैंको शुभकामना । हाम्रो संस्कृति, हाम्रो परम्परा, दशैंमा नयाँ लुगा, अनि टीका र जमरा । देवीको पूजा, बडाको आशीर्वाद, मिलेर मनाऔंँ प्रेम र सद्भावको चाड । धनीका घरमा उर्लेर आयो बडा दशैं चाड, गरिबका घरमा छैन होला चामल र माड । चाड र बाडमा…

Read More

आज घटस्थापना, जमरा राख्ने दिन

विराटचोकः आज हिन्दूहरुको महान् चाड बडा दशैंको पहिलो दिन हो । घटस्थापना भनिर चिनिने यो दिन आश्विन शुक्ल प्रतिपदाका दिन पर्दछ । यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । आज घरघरमा तथा मन्दिरमा जमरा राखिन्छ । चोखो स्थानको बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक…

Read More
Back To Top