केराबारीवासी हाइकिङप्रति आकर्षित हुँदै, हिँडौँ केराबारी अभियान सञ्चालन गरिने
तस्बिरः युवराज ठकुरीको फेसबुक पेज केराबारीः उत्तरी मोरङको केराबारी गाउँपालिकामा पैदलयात्रा (हाइकिङ) लाई निरन्तरता दिइने भएको छ । ‘हिँडौँ केराबारी अभियान’अन्तर्गत प्रत्येक महिना हाइकिङमा जान तयारी थालिएको अभियानका सदस्य युवराज ठकुरी बताउनुहुन्छ । उहाँका अनुसार गत वर्ष वडा नम्बर ३ को आदिवासी सङ्ग्रहालयसम्म हाइकिङ गरिएको थियो । सो हाइकिङमा २० जनाभन्दा बढी सहभागी भएका थिए…