डिसेम्बर २१ मकाउमा सुगम पोखरेलले गीत गाउने र वर्षा उप्रेती नाच्ने

इटहरीः पछिल्लो समयका चर्चित गायक सुगम पोखरेल र वर्षा उप्रेतीले मकाउमा साङ्गीतिक प्रस्तुति दिने भएका छन् । डिसेम्बर २१ मा एस्कट होटल, दोस्रो तल्ला (रेड हाउस) मा आयोजना हुने एनआरएनए सांस्कृतिक साँझमा उनले प्रस्तुति दिन कार्यक्रम तय गरिएको छ । सोही साँझको कार्यक्रममा नृत्याङ्गना वर्षा उप्रेतीको पनि नृत्य प्रस्तुत हुने भएको छ । नेपाल हङकङ…

Read More

चलचित्र हलमा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

विराटचोकः अबदेखि चलचित्र हलमा अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने भएको छ । हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा बिक्री गरेको पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गर्ने भएको हो । विभागले एक विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी…

Read More

डिपु टोल विकास संस्थाले यसरी बेग्लै तरिकाले देउसीभैलो कार्यक्रम आयोजना गरी बिदाइ गर्याे तिहार

बाँसबारीः तिहारमा देउसीभैलो खेल्ने परम्परालाई नेपाली समाजमा व्यक्तिगत र संस्थागत रुपमा निरन्तरता दिइँदै आइएको छ । लक्ष्मीपूजाको दिनदेखि भाइटीकाको दिनसम्म खेलिने देउसीभैलो संस्थागत रुपमा खेल्नुपर्दा कागतिहारदेखि नै पनि खेल्न शुरु गरिन्छ र भाइटीकाको ९ दिनपछि आउने हरिबोधिनी एकादशीको दिनसम्म खेल्ने गरिन्छ । देउसीभैलो कार्यक्रमलाई मनोरञ्जनका साथै संस्था सञ्चालनको लागि आर्थिक सङ्कलन गर्ने माध्यमका रुपमा पनि…

Read More

एकै दिन ३८० सो ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो धेरै सो पाउने नेपाली चलचित्र

विराटचोकः हाल देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले अहिलेसम्मकै सर्वाधिक ‘सो’ पाउने नेपाली चलचित्रको कीर्तिमान बनाएको छ । सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रले एकै दिन ३८० सो पाएको हो । यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३३५ सो पाएर कीर्तिमान बनाएको थियो । कात्तिक १५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको…

Read More

‘नझरेका फूलहरू’ द्वारा आयोजित पलेँटी साँझमा मुरलीधरको प्रस्तुति

विराटचोकः ‘नझरेका फूलहरू’ को आयोजनामा बिहीबार विराटचोकमा भएको पलेँटी साँझमा गायक मुरलीधरले आफ्ना गीतद्वारा उपस्थित स्रोताहरुलाई मन्त्रमुग्ध बनाउनुभयो । पलेँटी साँझको ४३ औं शृङ्खलामा प्रस्तुत भएका गायक मुरलीधरले भजनका साथै उडायो सपना सबै हुरीले…, निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ…लगायतका गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दुर्गा पराजुली, चण्डी साम्पाङलगायतले पनि गीत प्रस्तुत गर्नुभएको थियो…

Read More
Back To Top