कनकलक्ष्मीको पाँचौँ स्थापना दिवसमा ५६ जना व्यक्ति र एउटा समूह सम्मानित

गछियाः मोरङको सुन्दरहरैंचामा रहेका ११ वटा सहकारी संस्था एकापसमा मर्ज भई बनेको कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ स्थापना दिवसको अवसर पारेर मंसिर १० गते संस्थाले विभिन्न सम्मानका कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा ११ वटै सहकारी संस्थाका संस्थापक अध्यक्षहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी विद्यावारिधी गर्ने संस्थाका २ जना शेयर सदस्यलाई संस्थाले दोसल्ला…

Read More

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख भएपछि व्यवसाय गर्न राष्ट्र बैंकले लगायो रोक

विराटचोकः पूँजी कोष अनुपात नपुगेपछि नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याउन्मुख घोषणा गरेको छ । राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको हो । सो बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको राष्ट्र बैंकको वित्तीय संस्था सुपरीवेक्षण विभागले जनाएको छ । बाँकेको नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको सो बैंकले…

Read More

कुमारी बैंकद्वारा बेलबारीमा उद्यमीलाई प्रशिक्षण

बेलबारीः कुमारी बैंकले युएसएडसँगको साझेदारीमा “देशै भरि वर्षैभरि” उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको जनाएको छ । यसै क्रममा बैंकले मोरङको बेलबारी नगरपालिकको समन्वयमा बेलबारीका उद्यमीहरुको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले वित्तीय ज्ञान, सीप, मनोवृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यावहारिक रूपमा उद्यमशीलता प्रवर्द्धन तथा…

Read More

चलचित्र हलमा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

विराटचोकः अबदेखि चलचित्र हलमा अधिकतम खुद्रा मूल्यभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने भएको छ । हलभित्र पानी र खानेकुरा अधिकतम खुद्रा बिक्री मूल्य भन्दा बढीमा बिक्री गरेको पाइएमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गर्ने भएको हो । विभागले एक विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्य लिएको पाइए कानुन अनुसार कारवाही गर्ने चेतावनी…

Read More

दौँतरीबलिया साकोसको पाँचौँ साधारणसभा सम्पन्न

बलियाः मोरङको दौतरी बलिया बचत तथा ऋण सहकारी संस्थाको ५ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उमेश वस्तीको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका महासचिव घनश्याम अधिकारीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष वस्तीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा चालु आर्थिक वर्षको…

Read More

असल व्यक्तिलाई शेयर सदस्य बनाए सहकारीमा कहिल्यै विकृति आउँदैनः कृष्णप्रसाद भुर्तेल

दुलारीः सदस्यकेन्द्रित नभएका सहकारी संस्थाहरुले गरेको बदनामको अपजस देशभरका सहकारीले भोग्नुपर्ने अवस्था अहिले रहेको सहकारी संस्था लि. दुलारीका पूर्व अध्यक्ष कृष्णप्रसाद भुर्तेलले बताउनुभएको छ । सो संस्थाको ३३ औँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘सञ्चालकले शेयर सदस्य चिन्नुनपर्ने, शेयर सदस्यले सञ्चालक र कर्मचारी चिन्नु नपर्ने र कार्यालय चिन्नु नपर्ने गरी चलेका सहकारीका…

Read More

मंसिरमा पनि घटाए बैंकहरुले ब्याजदर

विराटचोकः बैंकहरुले निरन्तर महिनैपिच्छे ब्याजदर घटाइरहेका छन् । अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि पनि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । केही बैंकहरुले भने अघिल्लै महिनाको ब्यजादरलाई निरन्तरता दिएका छन् । मंसिर महिनाका लागि व्यक्तिगत निक्षेपमा औसतमा ५ दशमलव ९७ प्रतिशत ब्याजदर कायम भएको छ । कात्तिक महिनामा औसत ब्याजदर ६ दशमलव १८ प्रतिशत थियो…

Read More

कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि दुई दिने शैक्षिक कार्यक्रम

सुम्निमा सुब्बा सियोल (दक्षिण कोरिया)ः दक्षिण कोरियाको एक अग्रणी बैंकिङ संस्था केबी कुकमिन बैंकले कोरियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि दुई दिने शैक्षिक कार्यक्रम आयोजना गरेको छ । वित्त, कोरियाको बैंकिङ प्रणाली, दिगो वित्त र वित्तको डिजिटलाइजेसनबारे सिक्ने प्लेटफर्म प्रदान गर्ने उद्देश्यका साथ आयोजित  कार्यक्रमलाई केबी कुकमिन बैंकले प्रायोजन गरेको हो । ‘बेब्बीकुम’ र ‘द नेल…

Read More

राजनीतिभन्दा पर सहकारीलाई राख्नुपर्छः सहकारी संस्था दुलारीका सल्लाहकार भक्तिप्रसाद सिटौला

दुलारीः सहकारीलाई राजनीतिभन्दा पर राखेर सञ्चालन गर्नुपर्ने सहकारी अभियन्ता भक्तिप्रसाद सिटौलाले बताउनुभएको छ । सहकारी संस्था लि. दुलारीको ३३ औँ साधारणसभालाई सम्बोधन गर्नुहुँदै उहाँले पहिले राजनीति तथा पक्ष र विपक्षको अहमताले गर्दा सो सहकारी समस्यामा परेको बताउनुभयो । ‘किसानलाई आवश्यक पर्ने मल, बीउ आदि दिन सकोस्’, उहाँले भन्नुभयो, ‘त्यसो भयो भने सहकारीप्रति विश्वास बढ्छ ।’…

Read More

इन्द्रपुर सहकारीको साधारणसभा हरेक वर्ष संस्था स्थापना दिवसको दिन हुने

विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा रहेको इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभा अबदेखि हरेक वर्ष संस्थाको स्थापना दिवसको दिन हुने भएको छ । संस्थाले यस वर्ष पनि हिजो स्थापना दिवसको दिन नै साधारणसभा गरेको थियो । तिहारको टीकाको दिन प¥यो भने मात्रै स्थापना दिवसको दिन साधारणसभा नगर्ने तर सामान्य अवस्थामा भने हरेक वर्षको कात्तिक २९ गते साधारणसभा गर्ने…

Read More
Back To Top