इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्थामा गोपालप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति

विराटचोकः इन्द्रपुर बहुउद्देश्यीय सहकारी संस्था सुन्दरहरैंचामा गोपालप्रसाद पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन भएको छ । यही कात्तिक २१ गते निर्वाचन समिति संयोजक गणेशप्रसाद दाहालद्वारा जारी उम्मेदवारको अन्तिम नामावली अनुसार अध्यक्षमा गोपालप्रसाद पौडेल, उपाध्यक्षमा योगराज काफ्ले, सचिवमा सन्तोष वान्तवा र कोषाध्यक्षमा सुशीला सुवेदी सर्वसम्मत चयन हुनुभएको छ । सञ्चालक समिति सदस्यहरूमा सोमराज गुरागाई, राजाबाबु सुवार,…

Read More

सहकारी बैंकले दियो सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकलाई क्षमता अभिवृद्धि तालिम

विराटचोकः राष्ट्रिय सहकारी बैंक सुन्दरहरैंचा शाखाले सहकारी ज्ञान तथा मार्गदर्शन शृङ्खला २ अन्तर्गत सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरुलाई क्षमता अभिवृद्धिसम्बन्धी २ दिने तालिम दिएको छ । भोलि समापन हुने तालिममा ३३ जना सहभागी छन् । मोरङका सुन्दरहरैंचा, केराबारी, कानेपोखरी, लेटाङ र बेलबारीका सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरूलाई तालिम दिइएको हो । सहकारीको अवधारणा,…

Read More

बैंक तथा वित्तीय संस्थामा अब ‘केवाईसी’ भर्नु नपर्ने

विराटचोकः बैंक तथा वित्तीय संस्थामा गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई लिन सक्ने गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । गत बिहीबार जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा केवाईसी) भर्नु नपर्ने व्यवस्था गर्न लागिएको हो…

Read More

राष्ट्र बैंकले आज धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले यस पटक धनतेरसको दिनमात्रै सुनका असर्फी बेच्ने भएको छ । धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान किन्ने चलन नेपाल र भारतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिन पनि तोकेको छ । नेपाल…

Read More

राष्ट्रिय स्तरका विकास बैंकको नाफामा २९ प्रतिशतको वृद्धि

विराटचोकः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकले खुद नाफा २९ दशमलव ०७ प्रतिशतले बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वटा राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १…

Read More

वाणिज्य बैंकहरुको खुद नाफामा साढे २१ प्रतिशतको वृद्धि

विराटचोकः चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ६३ प्रतिशतले बढेको छ । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले १३ अर्ब…

Read More

‘किसान सरल कर्जा’ ल्यायो राष्ट्रिय वाणिज्य बैंकले

विराटचोकः कृषि क्षेत्रको विकासका लागि अधिकतम दश लाख रुपैयाँसम्म कर्जा दिने गरी ‘किसानसँग राष्ट्रिय वाणिज्य बैंक कार्यक्रम’ अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले किसान सरल कर्जा प्रोडक्ट शुरु गरेको छ । १ लाख रुपैयाँसम्मको किसान क्रेडिट कार्ड समेत लिन सकिने सो कर्जा लिन कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा…

Read More

कनकलक्ष्मी साकोसको पाँचौँ वार्षिक साधारणसभा सम्पन्न

गोठगाउँः कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिबार लालीगुराँस भजनकीर्तन समूहको भवन सुन्दरहरैंचा ११ गोठगाउँमा सम्पन्न भएको छ । साधारणसभाले संस्थाका सचिव अर्जुनकुमार खत्री तिम्सिनाले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा नीति र कार्यक्रमका साथै कोषाध्यक्ष हिरण्य कालाखेतीले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरेको छ । साधारणसभामा लेखा सुपरीवेक्षण समितिका संयोजक लुबराज आचार्यले…

Read More

पारिश्रमिक बहुउद्धेश्यीय सहकारीको अध्यक्षमा पुनः भीमप्रसाद आचार्य

विराटचोकः पारिश्रमिक बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड सुन्दरहरैंंचाको १९ औं वार्षिक साधारणसभाले आगामी ४ लागि नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले पुनः भीमप्रसाद आचार्यलाई नै आगामी कार्यकालका लागि पनि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन समितिका अनुसार संस्थाको उपाध्यक्षमा सरोज चौधरी, सचिवमा केशवप्रसाद तिम्सिना, कोषाध्यक्षमा रुपादेवी…

Read More

सानिमा बैंकले ब्याजदर बढाउँदा कात्तिकमा १० बैंकले घटाए, ९ को स्थिर

विराटचोकः कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंकले ब्याजदर बढाएको छ भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब कात्तिक महिनाका लागि ६ दशमलव १८ प्रतिशत कायम भएको छ । असोजमा औसत ब्याजदर ६ दशमलव ३८ प्रतिशत कायम भएको थियो ।…

Read More
Back To Top