सुकुना क्याम्पसले पायो दोस्रो चरणको क्युएए प्रमाणपत्र

विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा, मोरङले दोस्रो चरणको क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । शुक्रबार क्याम्पसले सो प्रमाणपत्र पाएको हो । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र क्युएए प्रमाणपत्र हो । यो प्रमाणपत्र प्राप्त गर्नु क्याम्पसको शैक्षिक गुणस्तर र व्यवस्थापकीय क्षमताको महत्वपूर्ण मापदण्ड मानिन्छ । एक पटक पाएको यो प्रमाणपत्रको अवधि…

Read More

बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा

बाँसबारीः सुन्दरहरैंचा ५ बाँसबारीमा फिटनेस सेन्टर सञ्चालनमा आएको छ । सुन्दरहरैंचा ५ का वडाअध्यक्ष गणेश चौधरीले विधिवत रुपमा सो सेन्टरको उद्घाटन गर्नुभएको छ । अनिल सिग्देल, सुमन मगर, सनम पौडेल, चन्दन पौडेल र सोयल राईको संयुक्त लगानीमा झण्डै ३५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो सेन्टरमा प्रोसिरिजका सामानहरु, थ्री डी स्मिथ सामानहरु, कार्डियो मेसिनहरु, ट्रेड…

Read More

पर्यटकीय सम्भावना बोकेको सुन्दरहरैंचा

खेमचन्द्र अधिकारी विराटचोकः नगरको उत्तरतर्फ रहेको चारकोशे जङ्गलको हरियाली र सिमसार क्षेत्र रहेको सुन्दरहरैंचा नगरपालिकालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । प्रदेश सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहँदा सुन्दरहरैंचामा पर्यटक तान्न नगरले चासो दिनुपर्ने देखिन्छ । नगरको बीचमा रहेको पूर्वपश्चिम राजमार्गले देश तथा विदेशका पर्यटकलाई सहज सडक यातायातको सुविधा दिन सक्ने…

Read More

सुकुना बहुमुखी क्याम्पसको अठारौँ परिषद् बैठकमा क्याम्पस स्थापनामा सहयोग गर्ने ५ जना सम्मानित

विराटचोकः सुकुना बहुमुखी क्याम्पस मोरङको १८ औँ परिषद् बैठक आइतबार सम्पन्न भएको छ । परिषद् बैठकको उद्घाटन सत्रमा क्याम्पस स्थापनामा महत्वपूर्ण सहयोग गर्ने ५ जना व्यक्तिलाई सम्मान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद प्रसाईँ, क्याम्पस सञ्चालक समितिको तीन पटकसम्म अध्यक्ष हुनुभएका चन्द्रबहादुर गुरुङ, संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्ले, जग्गादाता, चन्दादाता एवम् सञ्चालक…

Read More

मादीको जनता मावि बाघामा शिक्षक र अभिभावकबीच अन्तरक्रिया

मादीः संखुवासभाको मादी– ७ मा रहेको जनता माध्यमिक विद्यालय बाघाले विद्यालयका शिक्षक र अभिभावाकबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । शिक्षक, विद्यार्थी र अभिभावकको सहसम्बन्धले नै सिकाइमा सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले आयोजित अन्तरक्रियामा माध्यमिक तहमा शिक्षण गर्ने शिक्षकहरू, कक्षा ९ –१० का विद्यार्थी, मादी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष रत्नबहादुर गुरुङ, विद्यालय व्यवस्थापन…

Read More

सुकुना क्याम्पसका १८३ जना विद्यार्थीलाई १८ लाख ८२ हजार रुपैयाँ छात्रवृत्ति वितरण

विराटचोकः सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विभन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई आज एक समारोह आयोजना गरी १८ लाख ८१ हजार ९ सय ९८ रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसमा स्थापना गरिएको अक्षयकोषको व्याज, विभिन्न सङ्घ, संस्था, निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी…

Read More

पञ्चायत मावि गोठगाउँमा आधुनिक शैक्षिक भवन बनाउन भारतीय दूतावासले सहयोग गर्ने

गोठगाउँः सुन्दरहरैंचा ७ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा नयाँ शैक्षिक भवन बन्ने भएको छ । सो भवन निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको छ । भवन निर्माण सम्बन्धी सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको छ । सुन्दरहरैंचा नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदुतावासबीच सम्झौता भई हस्ताक्षर भएको हो । ४ करोड…

Read More
Back To Top