जागृत युवा समाजको तेस्रो साधारणसभा सम्पन्न, समाजले गरेका कामको अतिथिद्वारा प्रशंसा

सुन्दरपुरः जागृत युवा समाजको तेस्रो साधारणसभा शनिबार सुन्दरहरैंचा ६ को कार्यालय सुन्दरपुरमा सम्पन्न भएको छ । साधारणसभामा उपस्थित अतिथिहरुले समाजले गरेको कार्यक्रमको खुलेर प्रशंसा गर्नुभयो । साधारणसभाको उद्घाटन सत्रलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै वडा नम्बर ६ का वडाध्यक्ष सन्तोष लिङ्देनले जनचेतनामूलक कार्यक्रम सञ्चालनमा जागृत युवा समाज अग्रस्थानमा रहेको बताउनुभयो । जागृत युवा समाजले गरेका…

Read More

यी हुन् सुन्दरहरैंचामा रहेका अत्याधुनिक सार्वजनिक शौचालयका विशेषता (विश्व शौचालय दिवस विशेष)

तस्बिरः कृष्णचन्द्र सुवेदी विराटचोकः सुन्दरहरैंचाका मुख्य चोकमा अत्याधुनिक शौचालय बनाउने योजनाले पूर्णता पाउन सकेन । उद्योगी भोलेश्वर दुलालको योजना, सुन्दरहरैंचा उद्योग वाणिज्य संघको व्यवस्थापन तथा सुन्दरहरैंचा नगरपालिकालगायतका संघसंस्थाको आर्थिक तथा आवश्यक अन्य सहयोगमा सुन्दरहरैंचाका ८ स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय बनाउने योजनाले लगभग ५० प्रतिशत सफलता पाएको छ । सुन्दरहरैंचाको विराटचोक, सलकपुर, हरैँचा, खोर्साने, मृगौलिया, बलिया,…

Read More

सानीभेरीका २ उम्मेद्वारविरुद्ध उजुरी, आज जाँचबुझ गरी निर्णय हुने

काठमाडौंः मंसिर १६ गते हुने उपनिर्वाचनका ४१० उम्मेद्वारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्र उजुरी परेको छ । उनीहरु दुवै जना सानीभेरी वडा नम्बर ५ का उम्मेद्वार हुन् । आज ती उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । आयोगका अनुसार त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार मोतीराज खत्री र नेकपा माओवादी केन्द्रका…

Read More

विदुर सुवेदीको अध्यक्षतामा नेपाल मानव अधिकार सङ्गठन मोरङको नयाँ कार्यसमिति

सलकपुरः २०४५ सालमा स्थापित नेपाल मानव अधिकार सङ्गठनको मोरङ शाखाको नयाँ कार्यसमिति सोमबार मोरङको सुन्दरहरैँचामा सम्पन्न भएको छ । सार्वजनिक पुस्तकालयमा आयोजित भेलाले विदुर सुवेदीलाई जिल्ला सभापतिमा चयन गरेको हो । लामो समयदेखि मानव अधिकारको क्षेत्रमा क्रियाशील सुवेदी सुकुना बहुमुखी क्याम्पसका सह–प्राध्यापक हुनुहुन्छ । भेलाले उपसभापतिमा सुनिलदत्त अधिकारी, सचिवमा पराग ढुङ्गाना, सहसचिवमा राजेश कार्की र…

Read More

लेखापढी व्यवसायी एसोसिएसन बेलबारीको साधारणसभा सम्पन्न

बेलबारीः नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति बेलबारीको २५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । एसोसिएसनका केन्द्रीय अध्यक्ष सीताराम दाहालले प्रमुख अतिथिको आसनबाट साधारणसभालाई सम्बोधन गर्दै लेखापढी व्यवसायीलाई राज्यले बिचौलिया देख्नु दुःखद भएको बताउनुभयो । अदालतले लाइसेन्स दिएपछि काम गर्ने जनशक्तिलाई यस्तो भन्नु गलत भएको उहाँको भनाइ थियो । विशिष्ट अतिथि केन्द्रीय…

Read More

क्रसर व्यवसायी महासंघको उपाध्यक्ष र महासचिवमा मोरङका व्यवसायी क्रमशः रोहित कार्की र देवराज तामाङ, अध्यक्षमा पुनः सीताराम न्यौपाने

विराटचोकः नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको उपाध्यक्ष र महासचिवमा मोरङका व्यवसायी सर्वसम्मत चुनिनुभएको छ । उपाध्यक्षमा केराबारीका रोहित कार्की र महासचिवमा सुन्दरहरैंचाका देवराज तामाङ निर्विरोध चयन हुनुभएको हो । अध्यक्ष पदमा पुनः सीताराम न्यौपाने चयन हुनुभएको छ । शनिबार महोत्तरीको बर्दिवासमा आयोजित तेस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको…

Read More

कर दिवसमा तीन कार्यालय र १० कर्मचारी पुरस्कृत

काठमाडौंः आन्तरिक राजस्व विभागले उत्कृष्ट काम गर्ने कर कार्यालय तथा कर प्रशासकलाई पुरस्कृत गर्दै सम्मान गरेको छ । जसअनुसार उत्कृष्ट कर कार्यालयहरूमा करदाता सेवा कार्यालय तौलिहवा, करतादा सेवा कार्यालय खोटाङ र करदाता सेवा कार्यालय स्याङ्जा पुरस्कृत भएका छन् । त्यसैगरी, १० कर्मचारीहरूले सम्मान पाएका छन् । यी हुन् सम्मान पाउने कर्मचारीहरूः १. जीवनाथ ज्ञवाली, कर…

Read More

पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौंः प्रतिनिधि सभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाको काठमाडौंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा हिजो दिउँसो दुई बजे निधन भएको छ । उहाँ कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । वि.सं २०४८ सालको आम निर्वाचनमा काठमाडौं उपत्यकामा चुनाव जित्ने उहाँ नेपाली कांग्रेसका एक्लो उम्मेदवार हुनुहुन्थ्यो । काठमाडौं क्षेत्र नं २ बाट निर्वाचन जितेपछि ढुङ्गाना २०४८ सालदेखि २०५१ सम्म सभामुख हुनुभएको…

Read More

एक जना स्वतन्त्रसहित १६ जनाले दिए ग्रामथानमा उम्मेद्वारी, उम्मेद्वार सबै पुरुषमात्रै

तेतरियाः मंसिर १६ गते हुने उपनिर्वाचनअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि १६ जनाको उम्मेद्वारी परेको छ । जसमा एक जनाको स्वतन्त्र उम्मेद्वारी परेको हो भने बाँकी दलीय उम्मेद्वार हुन् । निर्वाचन अधिकृत रामराज पौडेलका अनुसार सबैभन्दा पहिले राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेशकुमार थन्दारले मनोनयन दर्ता गराएका थिए । दोस्रो उम्मेद्वारी नेपाल समाजवादी पार्टीका रामकुमार चौधरी…

Read More

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

दमकः हात्तीले आक्रमणमा परी दमकका ४५ वर्षीय मीन भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज बिहान करीब २ बजे दमक–३ दीपज्योति टोलमा जङ्गलबाट आएको एउटा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो । स्थानीय सुविन भट्टराईको भान्साघर भत्काउन लागेको देखेपछि हात्तीलाई धपाउने क्रममा उनलाई हात्तीले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

Read More
Back To Top