सुनको भाउ २००० रुपैयाँ बढ्यो, चाँदीको २० रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा २ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण…

Read More

उदाउँदो सूर्यलाई अर्घ दिई आज छठ समापन गरिँदै

विराटचोकः नेपालका तराईवासी समुदायको महान पर्व छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलार्य अर्घ दिएर पर्वको समापन गरिँदैछ । श्रद्धा, भक्ति र सम्पूर्ण साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा हर्षोल्लासका साथ तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वमा सूर्यको उपासना गरिन्छ । ४ दिनसम्म मनाइने छठको हिजो मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको थियो ।…

Read More

बैंक तथा वित्तीय संस्थामा अब ‘केवाईसी’ भर्नु नपर्ने

विराटचोकः बैंक तथा वित्तीय संस्थामा गएर ग्राहक पहिचानसम्बन्धी विवरण (केवाईसी) भर्नु नपर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकले राष्ट्रिय परिचयपत्र बनाउँदा पेस गरेको विस्तृत विवरणलाई लिन सक्ने गरी सरकारले यस्तो व्यवस्था गर्न लागेको हो । गत बिहीबार जारी भएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१’ मा केवाईसी) भर्नु नपर्ने व्यवस्था गर्न लागिएको हो…

Read More

छठको दिन तोलामा ४ हजार रुपैयाँ घट्यो सुनको भाउ, चाँदीको ५५ रुपैयाँ

विराटचोकः आज छठ पर्वको दिन नेपालमा सुनको भाउमा ठूलो गिरावट आएको छ । एकै दिन सुनको भाउ तोलामा ४ हजार रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य ५५ रुपैयाँले…

Read More

ट्रम्प निर्वाचित भएसँगै ह्वात्तै बढ्यो अमेरिकी डलरको भाउ

विराटचोकः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ ह्वात्तै बढेको छ । अमेरिकी डलरको भाउले हिजोको उच्च मूल्यको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको भाउ बिक्रीदर १३५ रुपैयाँ १६ पैसा र खरिददर १३४ रुपैयाँ ५६ पैसा छ । अघिल्लो दिनको तुलनामा डलरको भाउ…

Read More

टिकटक भयो नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल

विराटचोकः नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता भएको छ । टिकटकको कम्पनीले नेपालमा आधिकारिक रूपमा दर्ता भएको प्रमाणपत्र मङ्गलबार लिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक दर्ता भएको हो । टिकटकले तिहार अघि नै दर्ता प्रक्रिया पूरा गरिसकेको थियो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका,…

Read More

आज छठ पर्व, अस्ताउँदो सूर्यको पूजा गरी मनाइँदै

विराटचोकः नेपालका तराईवासी समुदायको महान पर्व छठ आज तराईका साथै देशभर श्रद्धा, भक्ति र सम्पूर्ण साझा सांस्कृतिक प्रतिविम्बको पहिचानको रुपमा हर्षोल्लासका साथ मनाइँदैछ । नेपालको तराईका सबै जातजातिले साझा रुपमा मनाउने यस पर्वमा सूर्यको उपासना गरिन्छ । ४ दिनसम्म मनाइने छठको आज तेस्रो तथा मुख्य दिन हो । आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भोलि…

Read More

अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रो पटक विजयी

विराटचोकः संयुक्त राज्य अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । कमला ह्यारिसलाई पछि पार्दै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ४७ औँ राष्ट्रपतिमा विजयी भएका हुन् । निर्वाचनको मतगणना जारी रहे पनि ट्रम्पले २७९ इलेक्ट्रोरल भोट प्राप्त गरिसकेका छन्, जुन राष्ट्रपतिमा विजयी हुनको लागि पर्याप्त हो । ५० राज्य र डिस्ट्रिक्ट अफ कोलम्बिया गरी…

Read More

तिहारपछि दुवै दिन घट्यो शेयर बजार परिसूचक नेप्से

विराटचोकः तिहारपछि खुलेको शेयर बजारमा दुवै दिन रातो पोतिएको छ । लगातार तेस्रो दिन नेप्सेमा गिरावट आएको हो । आज नेप्से परिसूचक १ दशमलव ८८ अंक घटेर २६७५ दशमलव ५१ विन्दुमा झरेको छ । आज ३२० कम्पनीको ५५ हजार २३८ पटकको कारोबारमा १ करोड १६ लाख ८६९ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २२…

Read More

विवादमा परेका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको राजीनामा स्वीकृत

विराटनगरः कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिनुभएको छ । मुख्यमन्त्री र प्रदेश सरकारलाई जानकारीसमेत नदिई जापान गएकाले विवादमा तानिएका मन्त्री अधिकारीलाई मुख्यमन्त्री हिकमतकुमार कार्कीले राजीनामा दिन निर्देशन दिनुभएको थियो । मुख्यमन्त्रीको निर्देशनपछि मन्त्री अधिकारीले आज बिहान मुख्यमन्त्रीको निवासमै पुगेर राजीनामा बुझाउनुभएपछि सो राजीनामा स्वीकृत भएको हो । वैदेशिक भ्रमणमा…

Read More
Back To Top