दुई दिन बढेको शेयर बजारमा आज दोहोरो अंकको गिरावट

विराटचोकः लगातार दुई दिनमा गरी ७५ अङ्कले बढेको शेयर बजार सूचक नेप्सेमा आज दोहोरो अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ० दशमलव ५३ प्रतिशत अर्थात १४ दशमलव ४३ अंकले घटेर २ हजार ६७७ दशमलव ६२ अङ्कमा बन्द हुन पुगेको छ । नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको १ करोड २० लाख ६९ हजार…

Read More

सुनको भाउ हालसम्मकै उच्च मूल्यमा, तोलाको पुग्यो १ लाख ७० हजार ७०० रुपैयाँ

विराटचोकः आज सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँ बढेर तोलाको १ लाख ७० हजार ७०० रुपैयाँ पुगेको छ । योसँगै हिजो धनतेरसको दिन कायम भएको सुनको उच्च मूल्यको रेकर्ड आज तोडिएको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । यद्यपि यसअघि कायम चाँदीको हालसम्मको उच्च भाउ २१३५ को रेकर्ड भने तोडिएको…

Read More

आज काग तिहार

विराटचोकः नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको पहिलो दिन आज काग तिहारको दिन हो । आज यमदूतको रुपमा कागलाई मिष्ठान्न खान दिई पूजा गर्ने गरिन्छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय मत छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले…

Read More

भाइटीकाको शुभसाइत बिहान ११ बजेर ३७ मिनेटमा

विराटचोकः नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको बैठकले निर्णय गरेको छ । भाइटीका लगाउँदा पश्चिम मोहडा गरेर लगाउनुपर्ने पनि समितिले जनाएको छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ…

Read More

धनतेरसको दिन सुनको भाउ हालसम्मकै उच्च मूल्यमा

विराटचोकः आज धनतेरसको दिन । यस दिनमा सुन तथा चाँदीका साथै अन्य धातुका गरगहना किन्ने गरिन्छ । आज धनतेरसको दिन सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज सुनको भाउ तोलामा १ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति…

Read More

राष्ट्र बैंकले आज धनतेरसको दिन मात्रै सुनका असर्फी बेच्ने

काठमाडौंः नेपाल राष्ट्र बैंकले यस पटक धनतेरसको दिनमात्रै सुनका असर्फी बेच्ने भएको छ । धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान किन्ने चलन नेपाल र भारतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिन पनि तोकेको छ । नेपाल…

Read More

घट्यो सुन र चाँदी दुवैको भाउ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६७ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ६५ रुपैयाँ निर्धारण भएको छ…

Read More

राष्ट्रिय स्तरका विकास बैंकको नाफामा २९ प्रतिशतको वृद्धि

विराटचोकः चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा राष्ट्रिय स्तरका विकास बैंकले खुद नाफा २९ दशमलव ०७ प्रतिशतले बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वटा राष्ट्रियस्तरका विकास बैंकले १ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ नाफा कमाएका छन् । गत वर्ष सोही अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा १…

Read More

इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिको दोस्रो साधारणसभा सम्पन्न

विराटचोकः इन्द्रपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोस्रो साधारणसभा शनिबार जेसीज भवन सुन्दरहरैंचामा सम्पन्न भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा समितिका अध्यक्ष नवराज चापागाईँले आर्थिक वर्ष २०८०\०८१ को प्रतिवेदन तथा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नियमित रुपमा समयमै खानेपानी महसुल बुझाउने…

Read More

तोलामा १४०० रुपैयाँ बढेर सुनको भाउ पुनः नयाँ उचाइमा, चाँदीको बढ्यो १५ रुपैयाँ

विराटचोकः आज तोलामा १ हजार ४०० रुपैयाँ बढेपछि सुनको भाउले नयाँ उचाइ कायम गरेको छ । आज सुनको भाउ प्रति तोला १ लाख ६७ हजार ४०० रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । यसअघि कात्तिक ७ गते सुनको भाउ तोलाको १ लाख ६६ हजार ७०० रुपैयाँ पुगेर उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।…

Read More
Back To Top