वाणिज्य बैंकहरुको खुद नाफामा साढे २१ प्रतिशतको वृद्धि

विराटचोकः चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ६३ प्रतिशतले बढेको छ । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यी बैंकहरुले १३ अर्ब…

Read More

समता घरेलु लघुवित्तको एफपीओ कात्तिक १२ गतेदेखि

विराटचोकः समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात् प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम हुने गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी हुन लागेको हो…

Read More

सुकुना क्याम्पसले पायो दोस्रो चरणको क्युएए प्रमाणपत्र

विराटचोकः सुकुना बहुमुखी क्याम्पस सुन्दरहरैंचा, मोरङले दोस्रो चरणको क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । शुक्रबार क्याम्पसले सो प्रमाणपत्र पाएको हो । विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र क्युएए प्रमाणपत्र हो । यो प्रमाणपत्र प्राप्त गर्नु क्याम्पसको शैक्षिक गुणस्तर र व्यवस्थापकीय क्षमताको महत्वपूर्ण मापदण्ड मानिन्छ । एक पटक पाएको यो प्रमाणपत्रको अवधि…

Read More

सामाजिक मिलन केन्द्रद्वारा दशैंमा आयोजित दुर्गापूजामा भएको आयव्यय सार्वजनिक

गोठगाउँः सुन्दरहरैंचा ७ गोठगाउँमा रहेको सामाजिक मिलन केन्द्रले दशैंमा आयोजना गरेको नवदुर्गा पूजाको अवसरमा भएको आम्दानी र खर्च सार्वजनिक गरेको छ । शुक्रबार सामाजिक मिलन केन्द्रको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका सल्लाहकार लुबराज आचार्यले आयव्यय विवरण प्रस्तुत गर्नुभएको हो । आचार्यका अनुसार सो नवदुर्गा पूजामा २० लाख ९२ हजार १८५ रुपैयाँ आम्दानी भएको छ । जसमध्ये…

Read More

‘नझरेका फूलहरू’ द्वारा आयोजित पलेँटी साँझमा मुरलीधरको प्रस्तुति

विराटचोकः ‘नझरेका फूलहरू’ को आयोजनामा बिहीबार विराटचोकमा भएको पलेँटी साँझमा गायक मुरलीधरले आफ्ना गीतद्वारा उपस्थित स्रोताहरुलाई मन्त्रमुग्ध बनाउनुभयो । पलेँटी साँझको ४३ औं शृङ्खलामा प्रस्तुत भएका गायक मुरलीधरले भजनका साथै उडायो सपना सबै हुरीले…, निष्ठुरीलाई माया गरी आफैँलाई रोगी बनाएँ…लगायतका गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दुर्गा पराजुली, चण्डी साम्पाङलगायतले पनि गीत प्रस्तुत गर्नुभएको थियो…

Read More

लोनली प्लानेटको ३० गन्तव्य सूचीमा समेटियो नेपालको तराई क्षेत्र

विराटचोकः नेपाल भन्नासाथ काठमाडौं र हिमालले मात्रै चिनिँदै आएको नेपालको तराई क्षेत्र पनि घुम्नैपर्ने ठाउँमा परेको चर्चित ट्राभल म्यागेजिन ‘लोनली प्लानेट’ले जनाएको छ । एक सिंगे गैडा भएको चितवन राष्ट्रिय निकुञ्ज र भगवान गौतम बुद्धको जन्मथलो लुम्बिनी समेत घुम्न लायक क्षेत्र रहेको म्यागेजिनले उल्लेख गरेको छ । सो म्यागेजिनले २०२५ को ३० भ्रमण गन्तव्यमा नेपालको…

Read More

सुनको भाउ स्थिर, चाँदीको घट्यो २५ रुपैयाँ

विराटचोकः शुक्रबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रति तोला १ लाख ६६ हजार रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ७० रुपैयाँ निर्धारण भएको छ । बिहीबार सुनको भाउ तोलामा ७०० रुपैयाँ र…

Read More

यी हुन् सरकारले गरेका १२ निर्णयहरू

विराटचोकः बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गर्नुभएको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका १२ निर्णयहरूः  

Read More

कोशी प्रदेशका ४ सहित १७ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौंः गृह मन्त्रालयले कोशी प्रदेशका ४ सहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी, सहसचिव तथा उपसचिव स्तरका २७ जना कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । एकसाथ १७ जना प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । कोशी प्रदेशका ४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । विभिन्न जिल्ला…

Read More

दाना चक्रवातको प्रभावले कोशी प्रदेशमा सामान्य वर्षा हुने

काठमाडौंः बंगालको खाडीमा विकसित भएको ‘दाना’ नाम दिइएको चक्रवातको प्रत्यक्ष असर नेपालमा नपरे पनि आंशिक प्रभावले कोशी प्रदेशमा वर्षा हुने मौसमविद्ले जनाएका छन् । सो शक्तिशाली चक्रवात बिहीबार राति भारतको ओडिशा राज्यको जमिनमा बज्रिएको छ । ओडिशा र पश्चिम बंगालमा मेघगर्जन र चट्याङसहित भारीदेखि अति भारी वर्षा गराउने भन्दै पूर्वसतर्कता अपनाइएको छ । प्रभावित क्षेत्रबाट…

Read More
Back To Top