आज कोजाग्रत पूर्णिमा, दशैंको समापन हुँदै

विराटचोकः आज कोजाग्रत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाअन्तर्गत आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । आज साँझ महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी…

Read More

दशैंपछिको पहिलो शेयर कारोबारमा साढे ३१ अंकको वृद्धि

विराटचोकः दशैंको बिदापछि आज पहिलो दिन खुलेको शेयर बजार ३१ दशमलव ४८ अंकले बढेर २६९९ दशमलव ६६ अंकमा अडिएको छ । आज ३०७ कम्पनीको ३५ हजार ६४८ पटकको कारोबारमा ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँको शेयर कारोबार भएको छ । आज गुडविल…

Read More

दशैंपछिको पहिलो कारोबारमा सुन र चाँदी दुवैको बढ्यो भाउ

विराटचोकः दशैंपछिको पहिलो कारोबार दिन आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला…

Read More

दशैंपछिको प्रि ओपनमा शेयर बजारमा पोतियो रातो

विराटचोकः दशैंको बिदा सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । धितोपत्र कारोबार हुने नेप्से पनि आजदेखि खुलेकाले शेयर किनबेच गर्न सकिने भएको छ । दशैंपछिको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा शेयर बजार शून्य दशमलव ०९ अंकले घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । १५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने एउटाको…

Read More

कात्तिक ८ भित्र बिजुलीको बक्यौता बुझाउन ४९ उद्योगलाई विद्युत प्राधिकरणको अनुरोध

विराटचोकः नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । प्राधिकरणले यसअघि पनि बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले…

Read More

भोलिदेखि ३ दिन मनकामना केबलकार बन्द हुने

भरतपुरः मर्मत सम्भारका लागि भोलि असोज २९ गतेदेखि आगामी कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ । ती तीन दिनमा मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम हुने मनकामना दर्शन प्रालिले जनाएको छ । असोज २६ र २७ गते पनि केवलकार बन्द गरिएको थियो ।

Read More

यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

विराटचोकः लेखक हान काङ साहित्यतर्फको नोबेल पुरस्कार जित्ने पहिलो दक्षिण कोरियाली बनेकी छिन् । ५३ वर्षीया हानको पुस्तक ‘द भेजिटेरियन’ ले सो पुरस्कार जितेको हो । सन् २०१६ मा म्यान बुकर पुरस्कार जितेको उक्त पुस्तक अंग्रेजीमा अनुवाद गरिएको उनको पहिलो उपन्यास हो । ३ भागमा लेखिएको यो पुस्तकले एउटी महिलाको मासु खान छाड्ने निर्णय र…

Read More

दशैं

शंकर सुवेदी, ‘उत्स’ चुड्का र ख्यालीका भाकाहरु मंगल धुन बजाएर रोदीघरमा गञ्जन्छन् मारुनीका जुहारी हिमाल अलिकति घुम्टो उघारेर आकाशको छहारीमुनि चियाउँछन् जुनेलीमा दशैंघरका जमराहरु । मालश्रीको राग करेसाका गोदावरीहरुमा बिसाउँछन् भमराहरु…, च्याबु्रङ उरालेर उराहा लाउँदै आरतीका तान, दशैंघरका ताँतीहरुमा आराध्य देवीहरु नियालेर म दशैं भाक्दैछु पटाङ्गिनी झैँ खाली निधार । थापिएका आशीर्वादका पर्राहरु अझै थाँती…

Read More

आज दशैंको मुख्य दिन विजयादशमी, बिहान ११ बजेर ३६ मिनेटमा उत्तम साइत

विराटचोकः नेपालीहरुको महान् चाड बडादशैंको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइन्छ । टीका लगाउन साइत कुर्नु नपर्ने भए पनि टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ३६ मिनेटको साइत उत्तम रहेको जनाएको छ ।…

Read More

दशैंको टीकाको दिन डलरको मूल्यले बनायो नयाँ रेकर्ड

गोठगाउँः आज विजयादशमीको दिन अमेरिकी डलरको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ । आज अमेरिकी डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा र खरिददर १३४ रुपैयाँ २० पैसा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । यस अघि गत भदौ २१ गते डलरको उच्च मूल्य १३४ रुपैयाँ ६८ पैसा पुगेर उच्च मूल्यको कारोबारको रेकर्ड बनाएको…

Read More
Back To Top