सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको १५ रुपैयाँ

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार ९०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९५० रुपैयाँ निर्धारण…

Read More

पूर्वी क्षेत्रमा वर्षा जारी, दिउँसो अझ ठूलो पानी पर्न सक्ने

विराटचोकः आज बिहानैदेखि कोशी प्रदेशका पूर्वी भाग, काठमाडौं उपत्यका र आसपासका जिल्लामा वर्षा भइरहेको छ । वर्षा मध्यमदेखि भारी प्रकृतिको रहेको र आज दिउँसोतिर वर्षा केही बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत २४ घण्टामा सुनसरीको तरहरा, धनकुटाको त्रिवेणी, झापाको अर्जुनधारा, इलामको सोक्तिम टि स्टेटमा ठूलो…

Read More

आज घटस्थापना, जमरा राख्ने दिन

विराटचोकः आज हिन्दूहरुको महान् चाड बडा दशैंको पहिलो दिन हो । घटस्थापना भनिर चिनिने यो दिन आश्विन शुक्ल प्रतिपदाका दिन पर्दछ । यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । आज घरघरमा तथा मन्दिरमा जमरा राखिन्छ । चोखो स्थानको बालुवा या माटो ल्याई दशैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक…

Read More

सुन्दरपुर खानेपानी तथा सरसफाइ संस्थाको अध्यक्षमा राजेन्द्र राई निर्वाचित

सुन्दरपुरः सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा राजेन्द्र राई (राजु) निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणाम अनुसार अरुण सुवेदीलाई १४१ मतान्तरले हराउँदै राई निर्वाचित हुनुभएको हो । सुवेदीले ३४० मत ल्याउँदा राईले ४८१ मत ल्याउनुभएको थियो । अर्का उम्मेद्वार प्रकाश सिग्देलले १२८ मत ल्याउनुभयो । राईलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो । सुवेदीलाई…

Read More

संस्था दर्ता भएको पाँचौँ दिनमा ज्येष्ठ नागरिक सेवा समाज नेपालद्वारा ३३ जना ज्येष्ठ नागरिक सम्मानित

गछियाः संस्था दर्ता भएको पाँचौँ दिनमा नै ज्येष्ठ नागरिक सेवा समाज नेपाल सुन्दरहरैंचा ३ ले ३३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर संस्थाले सुन्दरहरैंचा ३ मा स्थायी बसोबास गर्ने ८० वर्षभन्दा माथिका ३३ जना ज्येष्ठलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान…

Read More

सुकुना क्याम्पसका १८३ जना विद्यार्थीलाई १८ लाख ८२ हजार रुपैयाँ छात्रवृत्ति वितरण

विराटचोकः सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचा, मोरङले विभन्न कक्षा, तह र कार्यक्रममा अध्ययनरत विद्यार्थीहरूलाई आज एक समारोह आयोजना गरी १८ लाख ८१ हजार ९ सय ९८ रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । क्याम्पसमा स्थापना गरिएको अक्षयकोषको व्याज, विभिन्न सङ्घ, संस्था, निकायहरूले प्रदान गरेको छात्रवृत्ति रकम, शिक्षक तथा कर्मचारीहरूले उपलब्ध गराएको रकम र क्याम्पस स्रोतबाट समेत गरी…

Read More

कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिता हुने

विराटचोकः राष्ट्रिय युवा संघ सुन्दरहरैंचाको आयोजनामा मोरङको सुन्दरहरैँचामा कोशी प्रदेश स्तरीय युथ फुटसल टुर्नामेन्ट हुने भएको छ । यही असोज १७ देखि १९ गतेसम्म सुन्दरहरैँचा १० को प्लानेट लाउञ्जमा हुने प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका २० टिम सहभागी हुने भएका छन् । आयोजक राष्ट्रिय युवा संघका नगर अध्यक्ष भविनजंग पाण्डेका अनुसार पहिलो पटक हुन लागेको…

Read More

पञ्चायत मावि गोठगाउँमा आधुनिक शैक्षिक भवन बनाउन भारतीय दूतावासले सहयोग गर्ने

गोठगाउँः सुन्दरहरैंचा ७ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा नयाँ शैक्षिक भवन बन्ने भएको छ । सो भवन निर्माणका लागि भारतीय राजदूतावासले सहयोग गर्ने भएको छ । भवन निर्माण सम्बन्धी सम्झौतामा त्रिपक्षीय हस्ताक्षर भएको छ । सुन्दरहरैंचा नगरपालिका, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भारतीय राजदुतावासबीच सम्झौता भई हस्ताक्षर भएको हो । ४ करोड…

Read More

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस

विराटचोकः आज विश्वभर अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ । ज्येष्ठ नागरिक जिउँदो देवता हुन् भन्दा फरक पर्दैन । जीवनका असंख्य उकाली–ओराली पार गरी असीमित ज्ञान, सीप र अनुभव सँगालेका ज्येष्ठ नागरिकलाई सलाम छ । यथार्थमा, ज्येष्ठ नागरिक ज्ञान र अनुभवले भरिपूर्ण व्यक्ति हुन् । संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोबर १ देखि इन्टरनेशनल डे अफ ओल्डर…

Read More

भारतबाट मूल्य घटेर आएपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

विराटचोकः भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर १ रुपैयाँ, डिजेल र मट्टितेलमा २ रुपैयाँ, आन्तरिक हवाई ईन्धनमा प्रति लिटर ६ रुपैयाँले मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति किलोलिटर ४५ डलरले घटेको छ । एलपीजी ग्यासमा प्रति सिलिन्डर २६९ रुपैयाँ ८० पैसा घाटा भए पनि…

Read More
Back To Top