५ अंकले बढेको प्रि ओपनमा २३ लाख ४१ हजार रुपैयाँको कारोबार

विराटचोकः आज प्रि ओपन सेसनमा नेप्से ५ दशमलव १२ अंकले बढेर २७०४ दशमलव ७९ मा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४१ कम्पनीको कारोबार हुँदा २७ कम्पनीको मूल्य बढेको छ, ३ कम्पनीको मूल्य स्थिर रहेको छ भने ११ कम्पनीको शेयरमूल्य घटेको छ । ६६ पटकको कारोबारमा ४ हजार ३९१ कित्ता शेयर कारोबार हुँदा…

Read More

बढ्यो पेट्रोल र डिजेलको मूल्य, यास र हवाइ इन्धनको मूल्य यथावत

विराटचोकः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको हो । खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत् रहेको छ…

Read More

आज विश्व खाद्य दिवस

गोठगाउँः आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो । सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले…

Read More

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन हुँदै

विराटचोकः आज कोजाग्रत पूर्णिमा । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमाअन्तर्गत आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्न हुन्छ । आज साँझ महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी…

Read More

दशैंपछिको पहिलो शेयर कारोबारमा साढे ३१ अंकको वृद्धि

विराटचोकः दशैंको बिदापछि आज पहिलो दिन खुलेको शेयर बजार ३१ दशमलव ४८ अंकले बढेर २६९९ दशमलव ६६ अंकमा अडिएको छ । आज ३०७ कम्पनीको ३५ हजार ६४८ पटकको कारोबारमा ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार ७९९ रुपैयाँको शेयर कारोबार भएको छ । आज गुडविल…

Read More

दशैंपछिको पहिलो कारोबारमा सुन र चाँदी दुवैको बढ्यो भाउ

विराटचोकः दशैंपछिको पहिलो कारोबार दिन आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६० हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला…

Read More

दशैंपछिको प्रि ओपनमा शेयर बजारमा पोतियो रातो

विराटचोकः दशैंको बिदा सकिएपछि आजदेखि सरकारी कार्यालय खुलेका छन् । धितोपत्र कारोबार हुने नेप्से पनि आजदेखि खुलेकाले शेयर किनबेच गर्न सकिने भएको छ । दशैंपछिको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा शेयर बजार शून्य दशमलव ०९ अंकले घटेको छ । ७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । १५ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने एउटाको…

Read More

आज विश्व हात धुने दिवस

गोठगाउँः विश्वभर आज विश्व हात धुने दिवस मनाइँदैछ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन् । चिकित्सकहरुका अनुसार शौचालय प्रयोग गरेपछि, बालबालिकाको…

Read More

कात्तिक ८ भित्र बिजुलीको बक्यौता बुझाउन ४९ उद्योगलाई विद्युत प्राधिकरणको अनुरोध

विराटचोकः नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनबाट विद्युत उपभोग गरेका ४९ उद्योगहरुको सूची सार्वजनिक गर्दै आगामी कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल उपर गर्ने चेतावनी समेत विद्युत् प्राधिकरणले दिएको छ । प्राधिकरणले यसअघि पनि बक्यौता तिर्न अनुरोध गरेको थियो । तर केही उद्योगीहरुले…

Read More

भोलिदेखि ३ दिन मनकामना केबलकार बन्द हुने

भरतपुरः मर्मत सम्भारका लागि भोलि असोज २९ गतेदेखि आगामी कात्तिक १ गतेसम्म मनकामना केबलकार बन्द हुने भएको छ । ती तीन दिनमा मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम हुने मनकामना दर्शन प्रालिले जनाएको छ । असोज २६ र २७ गते पनि केवलकार बन्द गरिएको थियो ।

Read More
Back To Top