बेलबारीमा भएको दुर्घटनामा प्रहरी जवानको मृत्यु

बेलबारीः आइतबार साँझ मोरङको बेलबारी ८ स्थित पूर्वपश्चिम राजमार्गको चिसाङ पुलमा कार र मोटरसाइकल ठक्कर हुँदा मोटरसाइकल चालक प्रहरी जवान वर्ष ३२ का चित्रसागर राईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सङ्खुवासभाको सिलिचोङ –२ निवासी राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको…

Read More

आज नवरात्रको पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

गोठगाउँः आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको भगवतीको पूजाआराधना गरिँदैछ । कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ । यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो…

Read More

हातेमालो बहुउद्देश्यीय सहकारीमा हेमराज सुवेदीको अध्यक्षतामा नयाँ सञ्चालक समिति

विराटचोकः हातेमालो बहुउद्देश्यीय सहकारी संस्था सुन्दरहरैंचाको अध्यक्षमा हेमराज सुवेदी सर्वसमत चयन हुनुभएको छ । शनिबार भएको संस्थाको २२ औं वार्षिक साधारण सभाले उपाध्यक्षमा मनिप्रसाद लिम्बू, सचिवमा गुरुप्रसाद अधिकारी, सहसचिवमा विन्दा दाहाल थापालाई चयन गरेको छ । सदस्यहरूमा अर्जुनकुमार कार्की, टीकाप्रसाद सुवेदी, नगेन्द्रकुमार मास्के, यज्ञप्रसाद ढकाल (राम), हरिबहादुर कार्की, कमला गुरुङ, कुसुम बराल कँडेल, मन्दिरा थापा…

Read More

आजदेखि सेक्युर्ड सेक्युरिटिजले आफ्नै टिएमएस सञ्चालनमा ल्याउने

काठमाडौंः थप विशेषतासहितको आफ्नै टिएमएस सञ्चालन गर्ने पहिलो ब्रोकर कम्पनी सेक्युर्ड सेक्युरिटिज हुने भएको छ । साे सेक्युरिटिजले आजदेखि नयाँ टिएमएस सञ्चालनमा ल्याउने भएकाे हाे । काराेबारकाे आदेश दिन प्रयोग हुने कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बनाएर सञ्चालनमा ल्याउन ९२ मध्ये ३३ वटा ब्रोकर कम्पनी तयार रहेको बताइएको छ । नेपाल स्टक एक्सचेन्जले नै बनाएर दिएको…

Read More

आज कुष्माण्डा देवीको पूजा गरिँदै

गोठगाउँः नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । दशैंको पहिलो…

Read More

मोहन मैनालीको ‘मुकाम रणमैदान’ लाई मदन पुरस्कार प्रदान

विराटचोकः २०८० सालको मदन पुरस्कार मोहन मैनालीको ‘मुकाम रणमैदान’ कृतिले पाएको छ । बिहीबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच २०८० सालको मदन पुरस्कार मोहन मैनालीको कृति मुकाम रणमैदानलाई प्रदान गरिएको हो । जगदम्बा–श्री पुरस्कार प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको रकम जनही चार लाख रुपैयाँ नगद रहेको छ । वृत्तचित्र निर्माता मैनाली…

Read More

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टाको पूजा गरिँदै

गोठगाउँः नवरात्रको तेस्रो दिन आज दशैँ घर वा पूजा कोठामा चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । चन्द्रघण्टा देवीको पूजाआराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजाआराधना गर्ने गरिएको संस्कृतिविद्को भनाइ छ । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ ।…

Read More

विपद् व्यवस्थापनमा चुकेको सरकार

सम्पादकीय अघिल्लो साता आएको बाढीपहिरोले नेपालमा ठूलो जनधनको क्षति गर्याे । बंगालको खाडीबाट भारतको उत्तरप्रदेश र आसपासको क्षेत्र हुँदै पानी पार्ने बादल नेपाल भित्रियो । त्यही बेला उत्तरपूर्वी अरब सागरदेखि उत्तरपश्चिम बिहारसम्मै फैलिएको अर्को पानी पार्ने प्रणालीको प्रभाव पनि नेपालको मनसुनमा पर्याे । यस्तो विपद् आउने आउने अनुमान मौसमविद्ले गरेका थिए । तर, सरकारले त्यसको…

Read More

सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार हुँदै

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुनको भाउले असोज ११ गते र चाँदीको भाउले असोज १० गते बनाएको उच्च मूल्यको रेकर्ड आज तोडिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको…

Read More

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

गोठगाउँः दशैंको दोस्रो दिन आज देशभरका शक्तिपीठ तथा दशैं घरहरूमा ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ । शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आराधना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ । ब्रह्मचारिणी अर्थात् तपको आचरण गर्ने यी देवीको उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार, संयमको…

Read More
Back To Top